Dashain Suvakamana

कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

धनगढी । कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २५ बर्षिया कला धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जङ्गलमा घाँस काट्न गएको बेला महिलालाई बाघले आक्रमण गरेर लगेको थियो । बाघले लगेको ठाउँ भन्दा केही पर उनको शव फेला परेको जिल्ला जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

पछिल्लो केही दिन यता कैलालीमा बाघको आक्रमण बढ्न थालेको छ । ३० माघमा कैलारी गाउँपालिकामा पनि एक व्यक्तिलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.