Dashain Suvakamana

कैलाली बारको अध्यक्षमा सिद्धराज ओझा विजयी

धनगढी । कैलाली बार इकाईको अध्यक्षमा सिद्धराज ओझा निर्वाचित भएका छन्। शनिवार भएको निर्वाचनमा ओझा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।

समितिले गरेको घोषणा अनुसार ओझा अध्यक्ष, लोकबहादुर चौधरी उपाध्यक्ष, प्रेमबहादुर शाही सचिव र कोषध्यक्षमा किशोर कुमार चौधरी निर्वाचित भएका छन्।

यस्तै सदस्यहरुमा इन्द्र प्रसाद लेखक, पारस बस्नेत, काशीराम चौधरी, सुभाष चन्द्र उपाध्याय, शिवचरण चौधरी, नैनबहादुर बडायक, तारानाथ चौधरी र मिनबहादुर बोगटी छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.