‘प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिए आन्दोलन हुन्छ’ अध्यक्ष आचार्य
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले नियन्त्रण गर्न खोजेको खण्डमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। वीरगंजमा शनिबारदेखि सुरु भएको नेपाल पत्रकार महासंघ प्रदेश २ को दोस्रो प्रदेश सधारणसभामा सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन्।
उनले सरकारले लोकतन्त्रमा प्रहार गर्न संसद् विघटन गरेको र प्रेस स्वतन्त्रतालाई कुण्ठित र नियन्त्रण गर्न अनलाइन निर्देशिका ल्याउने तयारी गरेको बताउँदै निर्देशिकाले प्रेस स्वतन्त्रतालाई समाप्त पार्न लागेको आरोप लगाए।
उनले लोकतन्त्रका लागि महासंघ सदैव संघर्ष गरिररहने बताउदै उनले विगतमा मिडिया काउन्सिल विद्येयकजस्तै निर्देशिकाविरुद्ध पनि महासंघ संघर्षमा जाने बताए। पत्रकारको वृति विकास तथा अन्य समाजिक सुरक्षाको महासंघ तत्पर रहेको उनले बताए।