Dashain Suvakamana

मुख्यान्त्री भट्टद्धारा जनयुद्ध सेनानीका लागि विशेष प्याकेज घोषणा

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनयुद्धका लडाकुहरुको सम्मानित जीवनयापनका लागि विशेष प्याकेज ल्याउन लागेको बताएका छन् । २६ औं जनयुद्ध दिवसको अवसरमा जनयुद्ध तथा जनआन्दोलनका घाईते योद्धाहरुसँगकाे भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।

तत्कालिन माओवादीले नेतृत्व गरेको जनयुद्धले ल्याएको राजनैतिक उपलब्धीहरुको उपभोग गर्ने तर जनयुद्धलाई अस्वीकार गर्ने र यसको महानतालाई खिसिट्यूरी गर्ने प्रवृत्तिप्रति सचेत रहन अग्रह गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार जनयुद्धका शहिद परिवार, बेपत्ता, घाईते अपाङ्गको सम्मानमा विशेष कार्यक्रम घोषणा गर्न गइरहेको बताए । उनले भने– “कृषि तथा पशुपालन व्यबसाय, व्यपार व्यबसाय र स्वरोजगार मुलक कार्यक्रम मार्फत जनयुद्धकर्मीलाई सम्मानित जीवन उकास्न प्राथमिकतामा राखेर विशेष प्याकेज ल्याएकाे छ जस्लाई जस्तो अनुकूल मिल्छ सहभागी रहनु होला ।”

मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा रहेका जनयुद्धका घाईतेहरुको अवस्था सहितको विवरण पेश गर्न आग्रह गर्दै आवश्यक स्वास्थ्य उपचार, रहात र सम्मान गर्न सरकार तयार रहेको बताए । ठुलो बलिदानीपूर्ण संघर्षवाट प्राप्त राजनैतिक उपलब्धिहरुलाई खोस्ने र मुलुकलाई फेरि पनि प्रतिगमनतर्फ लैजाने कुचेष्टा पनि भइरहेको भन्दै मुख्यमन्त्री भट्टले सबैखाले प्रतिगमनकारी, निरंकुश र असंवैधानिक दुश्प्रयत्नहरुका विरुद्ध खबरदारी गर्दै समाजवादी व्यवस्था निर्माणको बाटोमा दृढतापुर्वक अघि बढ्न पनि आग्रह गरे ।

कार्यक्रममा जनयुद्धका घाइते  जयवहादुर धामी सावित्री शाही लगायतले राज्यले दिदैआएकाे भत्ता पनि केपी ओली सरकारले प्रतिशत घटाई कटाैती गरेकाे गुनासाे गरेका थिए ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.