Dashain Suvakamana

‘जनयुद्धकाे फल खाने तर, जनयुद्ध नस्वीकार्नेप्रति सचेत रहाैं’ मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले  जनयुद्धका कारण प्राप्त राजनैतिक उपलब्धीहरुको उपभोग गर्ने तर जनयुद्धलाई अस्वीकार गर्ने र यसको महानतालाई खिसिट्यूरी गर्ने प्रवृत्तिप्रति सचेत रहन आवश्यक रहेको बताएका छन् ।

शनिबार २६ औं जनयुद्ध दिवशको अवसरमा विज्ञप्ति मार्फत शुभकामना व्यक्त गर्दै  मुख्यमन्त्री शाहीले ठुलो बलिदानीपूर्ण संघर्षवाट प्राप्त राजनैतिक उपलब्धिहरुलाई खोस्ने र मुलुकलाई फेरि पनि प्रतिगमनतर्फ लैजाने कुचेष्टा पनि भइरहेको भन्दै जनयुद्ध दिवसको अवसरमा सबैखाले प्रतिगमनकारी, निरंकुश र असंवैधानिक दुश्प्रयत्नहरुका विरुद्ध खबरदारी गर्दै समाजवादी व्यवस्था निर्माणको बाटोमा दृढतापुर्वक अघि बढ्न अपिल गरेका छन् ।

तत्कालीन जनयुद्धकले गाउँगाउँसम्म नेपाली जनतालाई जागृत गर्दै सामन्तवादका विरुद्धको राजनैतिक लहर ल्याएको उनको भनाइ छ । जनयुद्धकै जगमा  भएको ०६२/६३ को जनआन्दोलनले नेपालमा सदियौं देखिको सामन्ती राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भन्दै  मुलुकमा भएको यो राजनैतिक परिवर्तनले आज हामीले समावेशीता, समानुपातिकता, धर्मनिरपेक्षता, संघीयतालगायतका महत्वपूर्ण राजनैतिक उपलब्धीहरु प्राप्त गरेको बताए ।

उनले जनयुद्धमा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘महान् जनयुद्ध र जनआन्दोलन एवं विभिन्न न्यायपूर्ण संघर्षका क्रममा आफनो जीवन आहुती दिने महान् सहिदहरुप्रति यस ऐतिहासिक अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै ऐतिहासिक जनयुद्धको पहलकदमी लिने, सुरुवात गर्ने र सहभागी सबै नेतृत्व, कार्यकर्ता, लडाकु योद्धा एवं आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु । ’

उनले भनेका छन् ‘निरंकुश जहाँनिया सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ नेपाली जनताले सुरु गरेको सशस्त्र संघर्षको ऐतिहासिक दिन आज फागुन १ गते स्मरण गर्दै यस २६औं महान् जनयुद्ध दिवसको गौरवमय अवसरमा कर्णाली प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ नयाँपत्रिका

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.