‘पत्रकारीता पक्ष-विपक्ष भन्दापनि निस्पक्ष बन्नुपर्छ’ : मुख्यमन्त्री भट्ट
गाेदावरी, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले पत्रकारीता समाजकाे ऐना भएकाे बताएका छन् । समाजकाे सकारात्क रुपान्तरणमा अग्रगमनका आन्दाेलनकाे नेतृत्वकर्ता नागरीक समाजकाे अगुवा संस्था नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिकाे दाेस्राे सधारणसभाकाे आज शुक्रवार उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले पत्रकारीता निस्पक्ष बन्नुपर्ने बताए ।
मर्यादीत पत्रकारिताले सरकारका कमीकमजाेरी ओैल्याई सहीबाटाे देखाउने र आवाज बिहीन जनसमुदायकाे आवाज बनेर शासकका कन्जरी तताउने हुनुपर्ने बताए । उनले भने- ‘मिडिया सरकारकाे पक्ष र विपक्षमा भन्दा पनि निस्पक्ष बन्नुसक्नु पर्छ ।’ कुनै किसिमकाे आग्रह पूर्वाग्रह नगरी राम्राे, नराम्राे र सत्यलाई सत्य भन्न सक्नुपर्ने उनकाे भनाई थियाे ।
प्रदेश अध्यक्ष अर्जुन शाहकाे अध्यक्षतामा आयाेजित उद्घाटन सत्रमा प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्रि प्रकाश शाह, नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता तथा संसद डा.रणवहादुर रावल, पत्रकार महासंघका केन्द्रीय पुर्वअध्यक्ष शिव गाउँले लगायत जनप्रतिनिधि, अग्रज पत्रकारकाहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि प्रमुखहरुले शुभकामना ब्यक्त गरेका थिए । साेही अवसरमा बिभिन्न विधामा क्रिर्याशिल पत्रकारहरु सम्मानित पनि भएका थिए ।
वन्दसत्रमा प्रदेश समितिकाे समिक्षा गर्दै आगामी याेजनाका बारेमा छलफल गरी आज नै सधारणसभा सम्पन्न हुने बताइएकाे छ ।