Dashain Suvakamana

दलको आधिकारिकता लिखित जवाफ माग्दै नेकपा (दहाल-नेपाल) आयोगमा

काठमाडौं । नेकपा (दाहाल) समूहले राजनीतिक दलको मान्यतासम्बन्धि विवाद निरुपणमा ढिलाइ भइरहेको प्रति प्रश्न उठाएको छ । दलको आधिकारिकता दाबी गर्दै माघ २० गते आयोगलाई दफा ४४ अनुसार निवदेन दिएको सो समूहले विवाद निरुपणमा किन ढिलाइ भइरहेको छ भन्दै आयोगमाथि प्रश्न उठाएको हो ।

दाहाल समूहबाट आयोगमा प्रतिनिधि तोकिएको लिलामणी पोखरेल र राजेन्द्र पाण्डेले लिखित जवाफ माग्दै आयोगमा हिजो पत्र दर्ता गराएका छन् । दफा ४४ अनुसार दलको मान्यताका लागि मागदाबी परेको अवस्थामा पनि निरुपण प्रक्रियामा ढिलाइ भइरहेकाले आशंका उत्पन्न भएको पाण्डेले बताए । प्रमुख निर्वाचन आयुक्त लगायतका पदाधिकारीसँगको छलफलमा सबै कुराहरु कानूनमा स्पष्ट हुँदाहुँदै पनि किन आयोग चुपचाप बसेको भन्दै प्रश्न गरिएको उनकाे भनाई छ ।

दाहाल समूहको मागदाबीका विषयमा आयोगले अहिलेसम्म ओली समूहलाई कुनै औपचारिक जानकारी दिएको छैन् ।कानूनतः १५ दिनको सूचना दिनुपर्ने भएपनि आयोगले त्यसो गरेको छैन् । दाहाल समूहले संशोधित नियमावली राजपत्रमा प्रकाशन नभएको बारेमा पनि आयोग किन मौन रहेको भन्दै प्रश्न उठाएको छ ।

यसैगरी निर्वाचन घोषणपूर्व सरकारले आयोगसँग परामर्श लिएको छ वा छैन भनेर पनि दाहाल समूहले आयोगलाई प्रश्न गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.