Dashain Suvakamana

साता वित्याे तर, भागरथी हत्याकाे अझै हत्यारा पत्ता लागेन

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएकाे पुष्टी भएपनि शव भेटिएकाे नाैं दिनसम्म हत्याराकाे भने पत्ता लाग्न सकेको छैन । प्रहरीले अपराधी नजिक पुगेकाे बताए पनि पत्ता लगाउने कुनै ठोस ‘क्लु’ अहिलेसम्म भेटाउन सकेको छैन ।

नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता मुकेश सिंहले अनुसन्धान साँघुरिदै गएको र दोषी पत्ता लाग्ने बताए । घटनास्थलवाट संकलन भएका तथ्य र प्रमाणको हरुको जाँचपछि हत्यारा पत्ता लाग्ने उनको भनाई छ । ‘केही व्यक्तिलाई हामीले शंकाको घेरामा राखेका छौं, संकलित तथ्य र प्रमाणको जाँचको आधारमा छिट्टै अपराधी पत्ता लाग्नेछ,’ उनले भने। तर, भागरथीको बलत्कार र हत्यामा एक जनाको मात्र संलग्नता थियो वा सामुहिक संलग्नता थियो भन्ने कुरा पनि अझै खुल्न सकेको छैन ।

भगरथीको हत्या भएको साता बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि निर्मला पन्तजस्तै भागरथीले न्याय नपाउने हो कि भनेर आफन्त र स्थानीय चिन्तित् बनेका छन् । भागरथीको शव अझै जिल्ला अस्पतालको शव गृहमा राखिएको छ। दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनले अडान लिएका छन् ।

शव फेला परेको नाैं दिनसम्म पनि बलात्कारपछि हत्यामा संलग्नको पहिचान हुन नसकेकाले निर्मलाको जस्तै आफ्नो छोरीले पनि न्याय नपाउने हो कि भन्ने चिन्ताले सताउन थालेको भागरथीका काका शंकर भट्टले बताए । ‘सुरुमा प्रहरीले अनुसन्धान थाल्दा छिट्टै अपराधी पत्ता लाग्ने आशमा थियौं,’ उनले भने,‘दिनहरु बित्दै जाँदा अपराधी उम्कने चिन्ता लाग्न थालेको छ ।’

बलात्कारपछि हत्या गरिएकाे भन्ने रिपाेर्ट बाहिरीएसँगै बैतडी लगायत सुदूरपश्चिमका सबै जिल्लामा भागरथीको न्यायका लागि प्रदर्शन हुने क्रम बढ्दै गएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.