बिहान पक्राउ झाँक्रीकाे समर्थनमा आन्दाेलन बढ्दै गएपछि साँझ रिहाई
धनगढी । नेकपाको दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ परेपछि देशभरका युवाहरु आन्दाेलित भए । प्रहरी प्रशासन र सरकार युवाहरुकाे आन्दाेलन अगाडी घुडा टेकेकाे छ ।
झाँक्री साँझ रिहाई भएकी छन् । प्रहरीले उनलाई घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेकाे हो। राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार विहान पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो।
उनलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो। चौतर्फी दबाबपछि प्रहरीले विना शर्त पति पशुपति पुरीको जिम्मा लगाएको हो।
आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पक्राउ गरिएको दाबी गर्दै उनले आफूलाई ओलीको ठाडो निर्देशनमा पक्राउ गरिएको दाबी गर्दै उनले भनिन्, ‘यसले ओलीका कमदहरु एकपछि अर्को गलत हुँदैछन् भन्ने देखिएको छ।’
सञ्चार माध्यमले समयमै सही सूचना दिएका कारण सरकार गलत कदम सच्याउन बाध्य भएको उल्लेख गर्दै उनले मिडियालाई धन्यवाद दिइन्।