Dashain Suvakamana

ग्याँस, पेट्रोल, डिजेल र मट्टितेलकाे मुल्य बढाईयाे

धनगढी । नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ। भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ।

निगमले एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ,  डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.