‘निर्मला र भागरथीका दोषी दण्डित हुन्छन्’ : प्रदेश प्रहरी प्रवक्ता सिंह
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भागरथी मृत फेला परेकाे दिनदेखि नै प्रहरी संवेदनशिल भएर घटनाको अनुसन्धानमा जुटेको बताएका छन । अनुसन्धानको दायरा साँघुरो बनाइरहेकाे बताउदै उनले छिट्टै दोषीलाई कानुनी दायरामा ल्याउने बताए ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षकलाई अनुसन्धान अधिकृत बनाएर थप अनुसन्धान भैइरहेकाे भन्दै उनलाई सघाउन नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डेय र सीआईवीका डिएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली बैतडीमा रहेकाे बताए। निर्मला प्रकरणमा अहिले पनि अनुसन्धान भइरहेको बताउँदै उनले दोषीलाई कानुनी दायरामा ल्याउने दावी गरे ।
भागरथीको केशमा पनि अनुसन्धानको दायरा साँघुरो बनाइरहेकाे र छिट्टै दोषीलाई कानुनी दायरामा आउने उनकाे भनाई छ ।यसैक्रममा पछिल्लाे दुई दिनदेखि सुदूरपश्चिमका प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी पनि बैतडीमै रहेका छन् ।