नेकपा (दाहाल-नेपाल) समूहको आज काठमाण्डाैंमा शक्ति प्रदर्शन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधि सभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
प्रदर्शनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको छ । सो समूहको केन्द्रीय संघर्ष समितिले जारी गरेको विज्ञप्तिअनुसार पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिने र १२ बजे सुनधारामा मूल प्रदर्शन गरिने बताइएको छ । प्रदर्शनका लागि विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।