भाेली नेकपा (प्रचण्ड-माधव) समुहको प्रदर्शन : यस्तो छ तयारी
काठमाडौँ । संसद विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको प्रचण्ड-माधव समूहको नेकपाले २८ गते भाेली बुधबार जनप्रदर्शन गर्ने जनाएको छ । राजधानीका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेको सूचना जारी गर्दै प्रचण्ड समूहको नेकपाले सरकार विरुद्ध जनप्रदर्शनका लागि आह्वान गरेको हो ।
नेकपाको जारी विज्ञप्ति अनुसार पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिने र १२ बजे सुनधारामा मूल प्रदर्शन गरिने बताइएको छ । गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल लगायत नेताहरु निरन्तर सडक आन्दोलनमा छन् । उनीहरुले संसदको पुनर्स्थापना र प्रधानमन्त्रीको राजीनामा लगायत माग गर्दैआएका छन् ।