भागरथी भट्टकाे हत्यारा जाेसुकै भएपनि छाेडिन्न : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले बैतडीमा अप्रत्यासित एकपछि अर्काे घटना घटि रहेकाेप्रति प्रदेश सरकार गम्भीर भएकाे बताएका छन् । बैतडीकी छात्रा भागरथी भट्टकाे हत्या प्रकरण र बावुद्वारा गाेली प्रहारगरी छाेरीकाे हत्या गरेकाे अर्काे घटनामा ध्यनाकर्ष गर्न आएकाे बैतडी समाजका प्रबुद्ध व्यक्तिकाे टाेली सँग आज मुख्यमन्त्री भट्टले यी घटनामा संलग्न जाे सुकै भएपनि नछाेडिने बताएका हुन् ।
समाजवादी राष्ट्रिय मञ्च नेपालका महासचिव बैतडी दाेगडाकेदार-३ का माधव बिष्ट नेतृत्वकाे टाेलीकाे ध्यानाकर्ण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले बैतडीमा घटेका पछिल्ला घटनामा प्रदेश सरकार गम्भीर रहेकाे बताए । उनले भने- ‘म आफैले पनि घटनाकै दिनदेखि प्रमुख जिल्ला अधिकारीलाई छानवीनमा कुनै कसर बाँकी नरहने गरी प्रकृर्या थाल्न भनिरहेकाे छु ।’ सुदूरपश्चिमकाे समाजमा एकपछि अर्काे जघन्य अपराधिक घटना घटिरहेकाेप्रति प्रदेश प्रहरी प्रशासन सबैलाई चनाखाे रहन भनेकाे उनले बताए ।
प्रदेश अन्तरगतका जिल्ला प्रशासन र सुरक्षा निकायहरु प्रदेश सरकार मातहत आइनसकेकाले शान्ति सुरक्षा सम्बन्धि कार्य सम्पादनमा केही अफ्ठ्याराे भएपनि प्रदेश सरकार सबैसँगकाे समन्वयमा अपराध नियन्त्रमा लागिपर्ने बताए । पिडीत परिवारलाई के कस्ताे रहात दिन सकिन्छ, छलफल गरेर निर्णय गर्ने उनले प्रतिबद्धता जनाए । बैतडीकी छात्रा भागरथी भट्टकाे हत्या प्रकरणलाई निर्मला पन्तकाे जस्ताे हुन नदिने मुख्यमन्त्री भट्टकाे भनाई थियाे ।