भागरथी भट्टकाे न्यायकालागि डाेटीका विधार्थी आन्दाेलित
प्रकाश जाेशी
दीपायल । विधालयवाट फर्किनेक्रममा बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टकाे न्यायकालागि अनेरास्ववीयु डाेटीकाे नेतृत्वमा विधार्थीहरु आन्दाेलित भएका छन् । अमानवीय यस्ताे जघन्य अपराधीलाई तत्काल सर्वजनिक गरी कडा कार्वाहीको माग गर्दै विधार्थीहरुले सिलगढी वजारमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनपछि विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराई सामु ज्ञापन पत्र बुझाउदै यस्तो जघन्य र बर्बर हत्याराकाे खाेजी तीब्र गरी कडा भन्दा कडा कार्वाहीका लागि सरकार समक्ष जोड्दार माग गरिएको अनेरास्ववियुका जिल्ला संयोजक वीर बहादुर बिष्टले बताएका छन।
समाजमा हुने यस्ता अपराधिक कुकर्मका बिरुद्ध अनेरास्ववीयु डाेटी निरन्तर खबरदारी गरिरहने उनकाे भनाई छ ।