असंबैधानीक कदमबिरुद्ध अनेम संघ डाेटीले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापन
धनगढी । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै अखिल नेपाल महिला संघ डाेटीले संसद पुर्नस्थापना गर्न प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएकाे छ । आइतबार जिल्ला प्रशासन कार्यालय डाेटीमार्फत प्रचण्ड–माधव समुहको अनेम संघ डाेटीले संसद पुर्नस्थापना गरी देशमा बढ्दो अशान्ति र अस्थिरताको अन्त्य गर्न आग्रह गरेको हाे ।
‘असंवैधानिक रुपमा गरिएको संसद विघटनका कारण देशमा अस्थिरता र दोन्द बढ्ने अवस्था सिर्जजा भएको छ’ विज्ञप्ति मार्फत प्रधानमन्त्रीलाई भनिएको छ, त्यस कारण प्रधानमन्त्री ज्यूले जनतासामु माफि माग्दै संसद पुर्नस्थापना गर्नुपर्दछ, नभए तपाई विरुद्ध हामी महिला शशक्त भएर आन्दोलन गर्न बाधय हुनेछौं ।’
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले तत्कालै सो पत्र गृहमन्त्रालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउने बताए ।
भागरती भट्टका हत्यारा तत्काल पक्राउ गर्न माग
अनेम संघ डाेटीले बैतडीकी भागरथी भट्टका हत्यारा तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न मागसमेत गरेको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अनेम संघका केन्द्रीय सदस्य प्रेमा ओली सीता रायमाझी दुर्गा धामी लगायतले घटनाको यथासिघ्र छानविन गरी दोषी पक्ता लगाउन माग गरेका हुन् । साथै पछिल्लो समय एक पछि अर्को गर्दै महिला हिंसा बढ्नथालेको भन्दै महिलामाथि हुने हिंसा न्यूनिकरण गर्न समेत विज्ञप्ति मार्फत माग गरिएको छ।