Dashain Suvakamana

भारतमा हिमनदी विस्फोट: एक नेपालीसहित १० शव फेला, डेढ सय बेपत्ता

भारत, उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै डेढ सय जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् ।

चमोली जिल्लाका सूचना अधिकृत रवेन्द्र सिंहका अनुसार आइतबार साँझसम्म १० जनाको शव भेटिएको छ । तीमध्ये एक जना नेपाली भएको सिंहले बताए । उनका अनुसार ती नेपालीको नाम र ठेगाना खुलेको छैन । मृत्यु हुने सबै तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) को जलविद्युत् परियोजनामा कार्यरत मजदुर हुन् । ‘१२ जनाको जीवितै उद्धार गरिएको छ,’ सिंहले भने । बाढी आउँदा उनीहरू सबै परियोजनाको सुरुङमा कार्यरत थिए । अझै १ सय ५४ जना हराइरहेको उनले बताए ।

चमोली जिल्लामा उद्धारकर्मी तथा सेना परिचालन गरिएको छ ।अधिकारीहरुले बाढी गएको क्षेत्र वरिपरिका ग्रामीण इलाका खाली गराएका छन् । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा बाढीले ठूलो क्षति पुर्याइएको देखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.