Dashain Suvakamana

जनावरको लागि बिछ्याइएको विद्युतीय पासोमा आफै परेर मृत्यु

विकास महता 

कञ्चनपुर । भीमदत्त नगरपालिका १० तिल्केनीमा छाडा पशुचौपायाबाट बाली जोगाउन खेतबारीमा बिछ्याइएको विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक अमर थापा श्रेत्रीका अनुुसार आइतबार तिल्केनी बस्ने शिव लुहारको १८ वर्षिय छोरा अनिल लुहारको सो विद्युतीय पासोमा परेर मृत्यु भएको हो।

प्रहरी नायव उपरीक्षक थापाले छाडा चौपायाबाट जोगाउन घरसहित खेतबारी नांगो विद्युतीय तारले घेरिएको पाइएको बताए। लुहारको हात र घाँटीमा पोलेको जस्तो देखिएको र थप अनुसन्धान जारी रहेको उनले जनाए।

घरमा एक्लै भएको अवस्थामा घटना घटेको बताउँदै प्रहरी नायव उपरीक्षक थापाले घटनाबारे प्रहरीलाई छिमेकीले जानकारी दिएको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.