पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई भाेलिदेखि काेराेना खोप दिइँदै
काठमाडौं । सरकारले सोमबारबाट कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गर्ने भएको छ ।पहिलो चरणमा एक लाख ८४ हजार फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका कर्मचारी, कैदी, सरसफाइ कर्मचारी लगायत फ्रन्टलाइनरले लगाएका थिए ।
सोमबारबाट लगाउन थालिने कोरोना विरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई दिइने भएको छ । पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारी गरी १९ हजारलाई सोमबारदेखि खोप दिने तयारी भएको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।
पहिलो चरणको खोप अभियान सकिएसँगै सरकारले अब पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारीलाई खोप दिने तयारी गरेको हो।