Dashain Suvakamana

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु, २ घाईते

धनगढी । कैलालीको जानकी गाउँ पालिका पूर्व खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ। शनिबार बिहान जिल्लाको जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर वडा नम्बर ९ को पूर्वखैरीफाँटाका ३ महिलाको मृत्यु भएको हो।

घर लिपपोतका लागि कालीका सामुदायिक बनमा माटो लिन गएका पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ। इलाका प्रहरी कार्यालय टीकापुर डिएसपी मधुसुदन न्यौपानेका अनुसार घटनामा परी अन्य दुई जना घाइते भएका छन्।

घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन्। घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.