डोटीको बोगटानमा स्थानीय पाठ्यक्रम लागु हुने

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको छ। स्थानीय भाषा, शैली, भेषभुषा र  परम्परालाई समेटिएर तयार पारिन लागेकाे पाठ्यक्रम आधारभुत विद्यालयमा लागु हुनेछ।

आगामी नयाँ शैक्षिक सत्रदेखि लागु गर्ने गरी गाउँपालीकाका सम्पूर्ण विद्यालयका प्रध्यानाध्यापक शिक्षाका विज्ञको सहभागितामा गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्नका लागि छलफल चलाएकाे छ।

पाठ्यक्रम आफ्नो स्थानीय भाषा, शैली, भेषभुषा र  परम्परालाई समेटिएर तयार पारिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष भगवती बमले बताइन। पहिलो चरणमा उक्त पाठ्यक्रम आधारभुत विद्यालयमा लागु हुनेछ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.