Dashain Suvakamana

बैतडीकी छात्रा भट्टकाे बलात्कारपछि घाँटी निमोठेर हत्या !

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्।बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा उनको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय खोचलेक र विद्यालयबाट झन्डै दुई किमि दूरीमा घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा शव फेला भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी बिहीबार राति नै घटनास्थल पुगेका थिए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्व नेपाल प्रहरीको टोली र केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा अर्को टोली खटाइएको हो । जिल्लाले गरिरहेको अनुसन्धानमा सहयोग गर्न छुट्टै टोली खटाइएको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको प्रहरीले मृतकको शव परीक्षणका लागि शुक्रबार अबेर जिल्ला अस्पताल बैतडी पठाएको थियो। छात्रा भट्टको बलात्कारपछि हत्या गरिएको आशंकामा सोहीअनुसार सुक्ष्म अनुसन्धानमा जुटेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.