Dashain Suvakamana

विद्यालयबाट घर फर्किदै गरेकी छात्रालाई बलात्कारपछि हत्या गरिएकाे आशंका

बैतडीमा विधालयवाट घर फर्किदै गरेका एक छात्रा मृत भेटिएकी छन् । उनकाे बलात्कारपछि हत्या गरिएकाे आशंका गरिएकाे छ ।दाेगडा केदार गाउँपालिकाकाे सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत स्थानीय चडेपानीकी १७ वर्षीया भागरथी भट्ट बिहीबार लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिईन्।

जंगलमा रहस्यमय हत्या भएको र हत्या हुनु अघि बलात्कारको आशंका गरिएको यो दुःखद घटनाको यथाशिघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषिलाई कानूनको दायरामा ल्याउन सराेकारवालाले माग गरेका छन् । उता जिल्ला प्रहरी कार्यालयले किशोरी मृत भेटिएको घटनास्थल सिल गरेर अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइ अनुसन्धान भैइरहेकाे जनाएकाे छ ।

उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। तर थप कुरा भने अनुसन्धान र शव परीक्षणपछि मात्र खुल्ने प्रहरीले बताएकाे छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.