पत्रकारमाथिकाे दुर्व्यबहार प्रति पत्रकार महासंघ सुदूरपश्चिमकाे भत्सना
धनगढी। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले कन्चनपुरकाे भीमदत्तनगरमा पत्रकारमाथि गरिएकाे दुर्व्यवहारकाे भत्सना गरेकाे छ ।
बिहीबार महासंघले विज्ञप्ति निकाल्दै भनेको छ, ‘आमहड्तालका कारण दुःख पाएको भन्दै गुनासो गरिरहेका पैदलयात्रीसँग कुराकानी गरिरहेका बेला आन्दोलनमा संलग्न जिम्मेवार व्यक्तिबाटै पत्रकारमाथि भएको गालीगलौच र हातपातको घटना निन्दनीय छ।’
पत्रकार महासंघ प्रदेश समितिका महासचिव योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत दोषीलाई कानुनी कारवाहीको माग गरिएको छ। नेकपा प्रचण्ड-नेपाल समुहले विहीवार देशव्यापी आमहड्ताकाे आयाेजना गरेकाे थियाे ।