Dashain Suvakamana

नेकपाकाे बन्दले कैलाली-कञ्चनपुरसँगै सुदूरपश्चिम ठप्प

धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली कञ्चनपुरमा बिहानैदेखि बन्दकाे प्रभाब परेकाे छ । यहाँ छाेटाे तथा लामाे दुरीका कुनैपनि यातायात चलेका छैनन् भने बजार, शिक्षालय, कलकारखाना सबै ठप्प छन् ।

mahotsab

अल्पआयुमै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकाे बिरुद्ध आन्दाेलनरत नेकपा प्रचण्ड-नेपाल पक्षले संबैधानिक निकायमा पनि अशंबैधानिक नियुक्ती गरेकाे भन्दै बिहीवार देशव्यापी आमहड्ताल गरेकाे छ । यसअघि हिजाे साँझ आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले धनगढीसहित बजारमा मसाल जुलुस निकालेकाे थियाे ।

यातायात व्यवसायी महासंघका सह–कोषाध्यक्ष तथा महाकाली यातायात प्रालीका अध्यक्ष डम्बर पन्तले बन्दकर्ताहरुले बुधबार माईकिङ गरेर आज आम हड्ताल घोषणा गरेकाले सार्वजनिक सवारी साधन चलाउन नसकिएको बताए।अचानक लामो तथा छोटो दुरीका सवारी साधन नचलेपछि काम विशेषले गन्तव्य जाने यात्रुहरु भने समस्यामा परेका छन्।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.