सुदूरपश्चिममा ९ हजार स्वास्थ्यकर्मीपछि सुरक्षाकर्मिलाई खाेप लगाउन सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप अभियानको सातौँ दिन मंगलबार साढे ८ सय बढि स्वास्थ्यकर्मीले खोप लगाएका छन्। प्रदेशका १० वटा खोप केन्द्र मार्फत मंगलबार ८ सय  ६५ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।

आजवाट सुरक्षाकर्मीलाई समेत कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ।उनकाअनुसार सीमा क्षेत्रमा खटिने भन्सारका कर्मचारी तथा अन्य विषयगत कार्यालयका कर्मचारीलाई पनि खोप लगाउन सुरु गरिएको हो।सरकारको निर्देशनअनुसार नै कैदीबन्दीलाई पनि खोप लगाउने थालिएको कार्की बताए।

पहिलो चरणको खोप अभियान माघ १४ गतेदेखि सुरु गरिएकोमा मंगलबारसम्म ९ हजार ७२ जनालाई खोप लगाइएको छ। प्रदेशका १० वटा खोप केन्द्र मार्फत मंगलबार मात्र ८ सय  ६५ जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.