हतकडी सहित फरार युवक धनगढीबाट पक्राउ
धनगढी । कैलालीमा हतकडी सहित फरार एक जना पक्राउ परेका छन् । लागू औषध खैरो हिरोईन सहित पक्राउ परी हतकडी सहित फरार जोशीपुर ७ का २७ बर्षिय सुरेन्द्र शाही पक्राउ परेका हुन् ।
माघ १७ गते बेलुका एक ग्राम तिन सय पचास मिली ग्राम सहित पक्राउ परेका शाही इलाका प्रहरी कार्यालय जोशीपुर लैजाने क्रममा फरार भएका थिए । जोशीपुर ३ लक्कड बाट हतकडी सहित फरार भएका शाहीलाई माघ २० गते धनगढी उपमहानगरपालिका वडा नम्बर १ पार्क मोडको वनदेवी मन्दिर नजिकबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
उनीमाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।