नेकपा प्रचण्ड-नेपाल समुहद्वारा सुदूरपश्चिमेली जनतालाई धन्यवाद
धनगढी । पचासाैं हजार सुदूरपश्चिमेलीले ओलीको असंबैधानिक कदमको विरुद्ध सभामा उपस्थित भएर खवरदारी गरेको प्रति नेकपा प्रचण्ड-माधव नेपाल समुहले धन्यवाद व्यक्त गरेकाे छ । आईतवार प्रदेश पार्टी कार्यालय धनगढीमा पत्रकार सम्मेलन गरेर साे पार्टीका नेता भीम रावलले प्रधानमन्त्रीकाे कदम विरुद्ध सुदूरपश्चिमबासीले आफ्नो मत जाहेर गरेको बताए ।
नेता रावलले निर्वाचन आयोगले लोकतन्त्रको मूल्य अनुसार वहुमत पक्षलाई न्याय गर्ने विश्वास व्यक्त गर्दै वहुमतलाई नमान्ने हो निर्वाचन किन चाहियो भनि प्रश्न गरे । उनले भने- ‘हामी ४४१ केन्द्रीय सदस्यको ७० प्रतिशतलाई आयोगमा उपस्थित गराएर सनाखत गर्न तयार छौ ।’
सर्वोच्च अदालतले पनि संविधानमा नभएको विषयलाई मान्यता दिदैन भन्ने विश्वास उनले भने- ‘अदालतले संविधानको प्रावधान हेर्ने छ त्यसमा कथम्, यदी भन्ने शव्दको प्रयोग हुनै सुक्दैन ।’
प्रदेश अध्यक्षमा जोशीको वहाली
सो अवसरमा सो समूहको सुदूरपश्चिम प्रदेश अध्यक्षमा केन्द्रीय सदस्य भानुभक्त जोशी चयन भएर कार्यभार सम्हालेको बताइएको थियो ।अध्यक्ष जोशीले अव जिल्ला-जिल्लामा भेला गरिने र पार्टी एकताका काम पुरा गर्ने समेत बताए । साे समुहकाे प्रदेश अध्यक्षको जिम्मेवारी टुंगो लगाउन पार्टी अध्यक्षद्वय प्रचण्ड र माधव नेपाललाई जिम्मेवारी दिएको थियो।
प्रदेश सरकार छिट्टै विस्तार हुने
नेपाल कम्युष्टि पार्टी (नेकपा) स्थायी समिती सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भिम रावलले प्रदेश सरकार छिट्टै विस्तार हुने बताएका छन ।उनले भने- ‘प्रदेश सरकारका रिक्त ठाउँ पूर्ति गर्ने जिम्मा मुख्यमन्त्री हाे, अव बेला आएकाे छ, कसलाई कहाँ उपयुक्त हुन्छ, उहाँको अधिकारको कुरा हो ।’
सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार मन्त्रालय मन्त्री विहिन रहेका छन् ।