सुदूरपश्चिमेलीमाथि खेलवाड नगर्न मुख्यमन्त्री भट्टकाे आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले सुदूरश्चिमेली जनताकाे साेझाेपनमाथि खेलवाड नगर्न आग्रह गरेका छन् ।  राष्ट्र राष्ट्रियता र स्वाभिमानका खम्वा सुदूरपश्चिमेली जनाताले साेझाेपन देखाउँदा राज्यशत्ताले जहिले पनि हेपेकाे उल्लेख गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमेली जनताकाे भावनामाथि खेलवाड नगर्न आग्रह गरे ।

नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले राज्यसत्ताले जहिले पनि सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरेको आरोप लगाए । मुख्यमन्त्री भट्टले भने, ‘यहाँबाट नयाँ मान्छेहरु त्यहाँ गएर ठूला–ठूला कुरा गरिरहेका छन्। केही दिन अगाडि यसै ठाउँबाट प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई न्याय गरेको बताउनुभयो। पश्चिम सेती, लोकमार्गलगायत बनाउने कुरा गर्नुभयो। तर यसभन्दा पहिले के गर्नुुभयो उहाँले ? किन गर्नुभएन् ? यो न्याय होइन अन्याय हो, सुदूरपश्चिममका जनतालाई फुटाउने खेल हो।’

सहज परिस्थितिमा मतलव नगर्ने तर, अफ्ठ्याराे परेकाबेला लाेभ र लालचमा भुलाउन खाेज्नेहरु सुदूरपश्चिमेलीका दुश्मन भएकाले सचेत रहन आग्रह गरे । मुख्यमन्त्री भट्टले  प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेकोले सुदूरपश्चिमवासीले सशक्त रुपमा प्रतिरोध गर्नुपर्ने बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.