काँग्रेस अछामका उपसभापतिद्वारा राजिनामा, नेकपामा जान खाेजेकाे आराेप
धनगढी । नेपाली काँग्रेस अछामका जिल्ला उपसभापतिले पदवाट राजिनामा दिएका छन् ।सभापति लगायत संस्थापन पक्षबीच आरोपप्रत्यारोपपछि काँग्रेसका जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएका हुन् ।

पार्टी विधि र पद्धति अनुसार नचलेपछि बेथिति मौलाउँदै गएको तर नेतृत्वपंक्तिले नियन्त्रणमा अग्रसरता देखाउनुको साटो आफ्नै पक्षको घाँटी च्याप्ने रणनीतिमा लागेको भन्दै उनले शुक्रबार राजीनामा दिएका हुन्।
अछाम जिल्ला सभापति भरत स्वाँरले पार्टीलाई तथ्यहीन आरोप लगाएर राजीनामा दिएको दाबी गर्दै ढुंगाना नेकपा ओली समूहमा प्रवेश गर्न थालेको र केही स्थानमा काँग्रेसका उम्मेदवारलाई पराजित गर्ने रणनीतिमा अग्रसरता देखिएको आरोप लगाए।
