सुदूरपश्चिम सरकारले प्रविधिक शिक्षालाई जाेड दिने : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले संघिय सरकारको प्राविधिक शिक्षा नीति लामो समयदेखि अन्यौलतामा रहेको र प्राविधिक शिक्षा पढ्न चाहाने बिद्यार्थीहरुलाई समस्या भएको हुदा प्रदेश सरकारले प्रदेश शिक्षा नीति बनाएर प्राविधिक शिक्षालाई जोड दिने बताएका छन् ।

प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशले बिहिबार धनगढीमा प्रविधिक शिक्षा नीति तर्जुमा तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उनले केन्द्रको शिक्षानीती अन्यौलतामा रहेको भन्दै आफ्नै प्रदेशमा सबै युवा पिढीलाई अनुकुल हुने गरी नीति निर्माण गरी प्राविधिक शिक्षा पठन पाठनको वातावरण श्रृजना गर्न लागेकाे बताए ।

यस्तै गरी सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पनि शैक्षिक स्तरउन्नती संगसँगै नेपालमा रोजगारी मूलक शिक्षा उत्पादन गरी स्वदेशमै रोजगारीका अबसरहरु प्रदान गर्नुका साथै भारत जाने क्रम रोक्नु पर्ने बताए । उनले आगामी दिनमा बिद्यार्थी बर्गलाई प्रोयोगात्मक शिक्षा र उत्पादन मूलक शिक्षा प्रणाली सुदूरपश्चिममा लागु गर्नुपर्ने बताए ।

 सुदूरपश्चिम प्रदेश प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद्का निर्देशक डा. कुश्माकर भट्टले यस क्षेत्रमा के कस्ता खाले शिप र दक्षता दिंदा यस भेगका जनताले स्वदेशमै स्वरोजगार बनाउने नीति निर्माणमा १० बर्षे कार्यनीति बनाउनमा लागि रहेको बताए । प्राविधिक शिक्षालाई रोजगारी मूलक शिक्षा बनाउन प्रदेश सरकार, स्थानिय सरकार र सरोकारवाला जुट्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री मन्त्रीसँगै प्रदेश नीति तर्जुमा आयोगमा सदस्य र शिक्षा क्षेत्रका बिभिन्न विज्ञ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.