मुख्यमन्त्री भट्टद्वारा सुदूरपश्चिममा काेराेनाबिरुद्ध खाेपकाे उद्घाटन

धनगढी । सुदूरपश्चिममा आजदेखि कोरोना विरुद्धको खोपलाइ अभियानका रुपमा सञ्चालन गरिने भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक कार्यक्रमकावीच अहिले बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट खाेप अभियानकाे उद्घाटन गर्ने भएका हुन् ।

प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालयले आजदेखि खाेपलाई अभियानका रुपमा लगाउन आवश्यक व्यवस्थापन मिलाइसकेको जनाएको छ। कोरोना विरुद्धको खोप सुदूरपश्चिमका पहाडी जिल्लामा समेत पठाइसकेको छ।प्रदेश सरकारले कोरोना विरुद्धको खोप लगाउन कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पताल, यस्तै कञ्चनपुरकाे महाकाली अस्पताल, डडेल्धुरा अस्पताललाई खोप केन्द्रका रुपमा तोकेको छ भने प्रदेशका अन्य सबै जिल्ला अस्पतालबाट पनि खोप लगाइनेछ। 

संघीय सरकारले भारतले अनुदानमा दिएको खोप १६ हजार २ सय ९३ जनालाई लगाउन मिल्नेगरि सोमबार सुदूरपश्चिमका लागि कोरोना विरुद्धको खोप पठाएको थियो।पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाइ खोप लगाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.