विधालयकाे चुनावमा झडप, खुँडा प्रहारवाट एक युवाकाे हत्या

बझङ । विद्यालयको व्यवस्थापन समितिको चुनावमा दुई पक्षवीच झडप हुँदा एक युवाकाे मृत्यु भएकाे छ । मंगलबार बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या भएको हो ।

उनीमाथि विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर फर्किने क्रममा खुँडा प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताए।छबिस पाथिभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको शिक्षक अभिभावक संघको चुनाव सकेर घर फर्किने क्रममा विवाद भएको थियो ।

प्रहरीका अनुसार घटनामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत छन् । घटनामा प्रयोग भएको खुँडा पनि प्रहरीले बरामद गरेको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.