आजदेखि प्रचण्ड–माधव समूहको तेस्रो चरणको आन्दोलन सुरु

धनगढी । प्रतिनिधिसभा विघट गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सडक संघर्षमा रहेको नेकपाको प्रचण्ड–नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोलन गर्ने भएको छ । आज काठमाडौंसहित देशका मुख्य शहरमा सिट्ठी जुलुस गर्न लागेको बताइएकाे छ।

आजदेखि शुरु हुने तेश्रो चरणको आन्दोलन २८ गतेसम्म चल्ने छ। १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रिय सभा सदस्य र विघटित प्रतिनिधि सभाका सांसद र प्रदेश सभाका सदस्यहरुसहितको दैनिक धर्ना कार्यक्रम हुने छ।

त्यसैगरी, माघ १६ गते सहिद दिवसको अवसरमा जुलुससहित सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको छ। यस्तै माघ १५ गते बुटवलमा, माघ १६ गते विराटनगरमा र माघ १७ गते धनगढीमा बृहत जनसभा हुनेछन् र ती सभामा पार्टी अध्यक्ष तथा वरिष्ठ नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

माघ २२ गते काठमाडौँमा युवा र्‍याली, माघ २६ गते देशव्यापी मशाल जुलुस तथा माघ २८ गते काठमाडौँमा बृहत विरोध प्रदर्शन तथा सभा हुने नेता पम्फा भुसालले जानकारी दिएन्।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.