मन्त्रीमण्डल विस्तारकालगि मुख्यमन्त्री भट्ट परामर्शमा
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले मन्त्रीमण्डल विस्तार गर्ने तयारी थालेका छन् । सम्भवत: भाेली आईतवार नभए साेमवार सफथ खुवाउने हिसावले मुख्यमन्त्री परामर्शमा जुटेकाे उनकाे सचिवालयले बताएकाे छ ।
पछिल्लाे समय सत्तारुढ नेकपामा बिवाद बढ्दै गएपछि पदमुक्त गरिएकाे भाैंतिक पूर्वाधार र मन्त्रीले राजिनामा दिएर खालि भएकाे आर्थिक मामिला मन्त्रालय नेतृत्व बिहीन बनेका छन् । दुई मन्त्रालयसँगै विस्तार हुने मन्त्रिमण्डलमा आकँक्षी संसदकाे दाैडधुप पनि बढ्दै गएकाे छ । यसैक्रममा पछिल्लाे समय सांसद, पार्टीका नेता तथा कार्यकर्तासंगकाे परामर्शमा रहेका मुख्यमन्त्री भट्ट आज विहानैदेखि नेता भीम रावलसँगै सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकरीसँग छलफलमा जुटेका छन् ।
‘उपयुक्त समयमा उपयुक्त निर्णय लिइने’ भन्दै आएका मुख्यमन्त्रीले तदारुकता देखाएपनि कुन मन्त्रालयमा काे नियुक्त हुँदैछन भन्रे एकीन भएकाे छैन् ।पार्टीका नेता र आकांक्षी प्रदेशसभा सदस्यहरुसँग मुख्यमन्त्री सघन परामर्शमा रहेकै बेला प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्यबाट सम्भावित विस्तारित मन्त्रीमण्डलको खाकासहित सूची सार्वजनिक भएको खबर पनि छ। जसमा सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्रीलाई हटाएर राज्यमन्त्रीसहित ७ जना नयाँ मन्त्री थपिने उल्लेख छ।
तर, मुख्यमन्त्रीकाे सचिवालयले याे निराराध भएकाे भन्दै छलफल नहुँदै विपक्षी वा आँकंक्षीले रचेकाे मनाेगत कुरा मात्रै भएकाे बताएकाे छ ।मन्त्रीकाे राजिनामापछि खाली रहेकाे आर्थिक मामिला तथा याेजना मन्त्रालय तत्कालिन माओवादी केन्द्र पक्षकाे भागमा रहेकाे थियाे भने भाैतिक पूर्वाधार विकास मन्त्रालय तत्कालिन एमालेकाे । त्यही अनुसारले मन्त्रीमण्डल विस्तारकाे तयारीमा प्रदेश सरकारले छलफल चलाईरहेकाे मुख्यमन्त्री सचिवालयले बताएकाे छ ।