Dashain Suvakamana

प्रतिनिधिसभा विघटनबिरुद्ध प्रचण्ड-नेपाल समूहले विरोध प्रदर्शन गर्दै

काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौमा विरोध प्रदर्शन  गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आजको प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ ।

विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत नेकपाले आज काठमाण्डौमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो । सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदाे वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.