Dashain Suvakamana

गाउँपालिका वडा अध्यक्ष जोशीद्धारा पदबाट राजिनामा

दार्चुला । लेकम गाउँपालिका प्रबक्ता एवम वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशीले पदबाट राजिनामा दिएका छन। वडा अध्यक्ष जोशीले बुधबार लेकम गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विर बहादुर ऐर समक्ष राजिनामा बुझाएका हुन।

वडा अध्यक्ष जोशीले कार्यालयमा मदिरा सेवन गरि सिफारिस च्यातेको, सेवा ग्राहीलाई सिफारिस नदिएको आरोप लागेपछि पदबाट राजिनामा दिएका हुन। वडा अध्यक्ष जोशीले अधिकार क्षेत्र नै नभएका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई राजिनामा पत्र बुझाएका हुन। प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर ऐरले वडा अध्यक्ष जोशीले आफुलाई राजिनामा पत्र बुझाएको र आफुले यो आफ्नो कार्यक्षेत्र नभएकोले गाउँपालिका अध्यक्षलाई बुझाउन पत्र दिएको बताएका छन भने गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीसंग थप बुझन खोज्दा उनको फोन अफ रहेको छ।

वडा अध्यक्ष जोशीले कार्यालयमा मदिरा सेवन गरि अपशब्द प्रयोग गरेको आरोप लागेको छ। गाउँपालिकामा मदिरा निषेध गर्नै जनप्रतिनिधि नै मदिरा सेवन गरि कार्यालयमा जाने गरेको स्थानीयहरुले बताएका छन। वडा अध्यक्ष जोशीले सेवा ग्राहीले दिएको सिफारिस च्यातेर फालेको र मदिरा सेवन गरि अपशब्द प्रयोग गरि गाली-गलोैज गरेको आरोप लागेको छ ।

मदिरा सेवन गरि कार्यालयमा गएको र सिफारिस च्यातेको आरोप लागेपछि गाउँपालिका प्रबक्ता तथा वडा अध्यक्ष जोशीले पदबाट राजिनामा दिएको खुलेको छ। लेकमका प्रतिनिधिहरुले कार्यपालिकामा मदिरा निशेधित पालिका बनाउन निर्णय गरेका भएपनि आफै मदिरा सेवन गरी कार्यालयमा आउने गरेको स्थानीयहरुको आरोप छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.