जनसराेकारका विषय सम्बाेधन गर्ने सवालमा सुदूरपश्चिम प्रदेश सरकार अगाडी
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले सिमित साधनस्राेतका बावजुत पनि विगत तीस वर्षसम्म भएका विकास निर्माण भन्दा दाेब्वर काम प्रदेश सरकारले तीन वर्षमा गरेकाे बताए । बुधवार प्रदेश सभाको चौथो स्थापना दिवसको अवसरमा आयाेजित समाराेहलाई सम्बाेधन गर्दै मुख्यमन्त्री भट्टले कानून निर्माणदेखि जनसराेकारका विषय सम्बाेधन गर्ने सवालमा सुदूरपश्चिम प्रदेश अन्य प्रदेशकाे दाँजाेमा पछाडी नरहेकाे दावी गरे ।
संघीयताकाे जगमा प्रदेश सरकार स्थापना हुनुअघि केन्द्रीकृत राज्यसत्तावाट निक्कै पछाडी पारिएकाे सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम जाेड्ने सडक थिए । अहिले प्रदेश सरकार गठन भएपछि गाैरवका याेजनामा पारेर त्याे भन्दा दाेव्बर सडक कालाेपत्रे हुँदै गरेकाे उनकाे भनाई छ । संघीयताकाे नयाँ संरचना र नयाँ ब्यवस्थामा जनताले आफ्नाे प्रतिनिधि बनाएर हामीलाई पठाउँदा प्रदेश तह शुन्य अवस्थामा थियाे । नियम कानून र कार्यविधि बनाउँदै जनताका अपेक्षा सम्बाेधन गर्ने काममा सरकारकाे संगठनिक इकाई जनताका घर दैलाेमा खडा गर्न सफल भएकाले अव सबैखाले याेजना कार्यान्वयन तीब्र गतिमा हुने उनले बताए । यति हुदाँहुदै पनि जनतासँग स्थिर सरकारकालागि मागेकाे मतमा प्रधानमन्त्रीले गरेकाे कुठाराघातले जनतासँग माफि माग्नु परेकाे बताए ।
संसद विघटनको मुद्दा अहिले अदालतमा रहेको बताउँदै अदालतले सही निर्णय नगरे देश फेरि दुर्घटनातिर जाने निश्चित भएको मुख्यमन्त्री भट्टले बताए। संविधानमा नभएकाे, सदन भंग गर्ने कुरा कसैले पनि स्वीकार नगरेको उनले बताए। संघीय सरकारका मन्त्रीहरु प्रदेश सभा विघटनबारे विभिन्न ठाउँमा बोल्ने गरेका भन्दै उनले आपत्ति जनाए। भने, ‘प्रदेश सभाबारे संघीयता नचाहनेहरुले गलत हल्ला फैलाइरहेका छन जनताले यसको प्रतिवाद गर्नुपर्छ।’
यस्तै कार्यक्रममा नेकपा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले पनि प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको भन्दै विरोध जनाए। उनले प्रधानमन्त्रीको कदमलाई नेकपा संसदीय दलले विराेध जनाइ सकेकाे भन्दै अव प्रदेश सभाले पनि प्रतिवाद गर्ने बताए। नेपाली कांङ्ग्रेस संसदीय दलका नेता रण बहादुर रावलले आफुहरु संस्थापक अवस्थामा रहेको भन्दै प्रदेश सभा दिगो बनाएर लैजानुपर्ने शुभकामना व्यक्त गरे। उनले प्रदेश सरकारले सभालाइ विजनेस दिन नसकेको बताउदै प्रदेश सभाले पास गरेका विधेयक कार्यान्वयन गर्नतर्फ अग्रसर नभएको आरोप लगाए।
नेता रावलले पनि प्रधानमन्त्रीले चालेको कदम संविधानको मर्मविपरीत भएको बताए। ओलीले चालेको कदमले लोकतन्त्रमाथि प्रहार भएको बताउँदै उनले यस कदमको प्रतिवाद गर्दै आएको बताए। उनले भने, ‘नेपाली कांङ्ग्रेस लोकतन्त्र र प्रजातन्त्रको पक्षमा छ, सत्तारूढ दल सुध्रिए आफूहरु साथ दिन तयार छौँ।’ प्रदेश सभा सभामुख अर्जुन बहादुर थापाले संघीयताको जग बसालेको बताए। उनले प्रदेश सभाले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सफल भएको धारणा व्यक्त गरे।