पीसीआर ल्याब सञ्चालनार्थ अजयमेरूले दियो डडेल्धुरा अस्पताललाई १० लाख
डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाले डडेल्धुरा अस्पतालाई १० लाखको चेक हस्तान्तरण गरेको छ। अस्पतालमा सञ्चालनमा रहेकाे पीसीआर ल्याबलाई निरन्तरता दिन, संकट समाधानका तथा जनशक्ति व्यवस्थापनकालागि आइतबार गाउँपालिकाले चेक हस्तान्तरण गरेको हो।
कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले स्थापना भएको प्रयोगशालालाई अझ व्यवस्थित गर्न गाउँपालिकाले अस्पताललाई आर्थिक सहायता गरेको अजयमेरू गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए।कोरोनाको महामारी शुरु भएसँगै डडेल्धुराका स्थानीय तहहररूले डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने र उक्त प्रयोगशाला सञ्चालनका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सोही प्रतिबद्धता अनुसार अस्पताललाई १० लाख सहयोग गरेको गाउँपालिकाका अध्यक्ष भट्टले बताए ।जनस्तरबाट चन्दा संकलन गरि डडेल्धुरा अस्पतालमा गत असारमा पीसीआर जाँच गर्ने मशिन जडान गरिएको थियो। कोरोना परिक्षण प्रयोगशालालाई व्यवस्थापन र आवश्यक जनशक्तिको व्यवस्थापन गर्न यहाँका सातवटै स्थानीय तहले रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए।
यसअघि अमरगढी नगरपालिकाले २० लाख, नवदुर्गा र गन्यापधुरा गाउँपालिकाले १०/१० लाख रकम सहयोग गरिसकेका छन्।