प्रदेश सरकार एक सेकेण्ट पनि जनतावाट बिचलन हुँदैन: मुख्यमन्त्री भट्ट
भजनी, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत जनता आवास कार्यक्रम अन्तरगत कैलालीमा रहेका लाेपान्मुख जनजाती राजी समुदायकाकालागि घर बनाउन थालेकाे छ । प्रदेश सरकारकाे चालु बर्षकाे बजेट अनुसार भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बनाउन लागेकाे आवासकाे मुख्यमन्त्री त्रिलाेचन भट्टले आज बुधवार एक कार्यक्रमकासाथ सिलन्यास गरेका हुन् ।
कैलालीकाे भजनी नगरपालिका-९ भुरुवा, राजीबस्तीमा बन्ने २५ वटा आवास गृहकाे सिलन्यास गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले जनअपेक्षा अनुसार काम गरिरहेका जनप्रतिनिधिलाई प्रधानमन्त्रीकाे पछिल्लाे कदमले अल्झ्याएकाे भएपनि प्रदेश सरकार चाैविस घण्टामा एक सेकेण्ड पनि जनतावाट बिचलन नहुने बताएका छन् ।
समाजमा रहेका गरीब, लाेपाेन्मुख र विपिन्न जनताकाे पक्षधर सरकारले काम गरिरहेकाे दावी गर्दै सुदूरपश्चिम प्रदेश सरकार जनताकाे राेग, भाेक र शाेक ( विपत्ति) मा साथ रहने बताए । जनता आवास कार्यक्रमलाई तीन तहकै सरकारकाे समन्वयमा परिणामुखी बनाउने याेजनाकासाथ आफ्नाे सरकार लागिपरेकाे उनकाे भनाई थियाे ।
कार्यक्रममा भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चाैधरीले तीन तहकै जनप्रतिनिधलाई चिन्ने माैका फेरी पनि जनतामा आएकाेले कामकाे मुल्याङ्कन स्वविवेकले गर्न आग्रह गरिन् । पद र ब्यक्तिगत लाेभलालचमा जनतामाथि राज गर्न अग्रगमन बिरुद्धमा गएकाप्रति सचेत रहन उनले आम समुदायलाई आग्रह गरिन् ।
यस्तै सिलन्यास कार्यक्रमलाई संविधानसभा सदस्य हरिष श्रीपाईली, प्रदेशसभा संसद वीरभान चाैधरी र भजनी नगरप्रमुख शेरवहादुर चाैधरी लगायतले सम्बाेधन गरेका थिए । जनपक्षिय सच्चा जनप्रतिनिधि चिन्नुपर्ने उनीहरुकाे धारणा थियाे ।