काम गर्ने वातावरण नभएको भन्दै अर्थमन्त्री बाेहराले यसरी दिए राजीनामा
धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा याेजनामन्त्री झपट बाेहराले आफ्नाे पदवाट राजिनामा दिएका छन् ।प्रदेशमा काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएका मन्त्री बोहराले राजीनामा दिएपछि सरकारी सेवा सुविधा प्रयोग नगर्ने बताउँदै उनी पैदल हिँडेरै राजनीमा बुझाउन मुख्यमन्त्री कार्यालय पुगेका थिए ।
नेकपा विवादमा ओली पक्षकाे केन्द्रीय सदस्य भएकाे तर प्रदेशमा प्रचण्ड नेपाल पक्षकाे बहुमत सरकार रहेकाले अफ्ठयाराे महसुस गर्दै राजिनामा दिदैछु भनेर पत्रकार सम्मेलन गरेका बोहरासँगै ओली समूहका पूर्व भौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिंह बोहरासमेत ७ जना प्रदेश सांसदहरु नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा मुख्यमन्त्री कार्यालयमा हिँडेरै पुगे ।