Dashain Suvakamana

चौलोले प्रख्यात डडेल्धुराकाे ‘बडाल जाँत’ मनाइदैं

Ajai

अमरगढी । डडेल्धुराको प्रसिद्ध बडाल जाँत सुरु भएको छ। गन्यापधुरा गाउँपालिका–२ स्थित बडालमा बिहीबार राति रतेडी मेला लागेकोमा आज मुख्य मेला अर्थात् दिउसेडी सुरु भएको हो।

कात्तिक शुक्ल एकादशीको राति पूजा गरी जाग्राम बसेर दोस्रो दिन कात्तिक शुक्ल द्वादशीका दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। बडाल जाँतमा नाङ्गो तरबार नचाएर चौलो खेलिन्छ। धार्मिक शक्तिसँगै चौलोले प्रख्यात बडाल जाँतमा भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मेला शुभारम्भ हुन्छ।

प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवी देवताको दर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास छ। दाईना, दमाहा, रुईसिंग, भोकर बाजागाजाका साथ स्थानीयहरू हातमा तलवार खेलाई चौलो खेल्दै गाँज नचाइ सकेपछि बडाल जाँत सम्पन्न हुन्छ। तलवार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान नै बनेको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.