Dashain Suvakamana

तिहार अन्तरगत आज कुकुर तिहार, लक्ष्मीपूजा पनि आजै

Ajai

धनगढी । तिहार (यमपञ्चक) अन्तरगत आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइदै छ । तिथि घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको हाे ।

आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिए । कात्तिक  कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा पनि पुज्ने चलन छ ।

आजै साँझ धनधान्य र समृद्धिकी देवी लक्ष्मीको व्रत, पूजा, अर्चना र साधना गरी लक्ष्मी पूजा मनाइन्छ । कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मी पूजालाई सुख रात्रि पनि भनिन्छ । लक्ष्मीपूजाको दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी घर आँगनमा गाईको हरियो गोबर तथा रातो माटोले लिपेर लक्ष्मी पूजा गरेमा लक्ष्मीले घरमा सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.