Dashain Suvakamana

जय नेपाल कप पेनाल्टी सुटआउटको उपाधि धनगढी वडा नं. ३ ले जित्याे

Ajai

धनगढी । नेपाली कांग्रेस क्षेत्र नं. ५ कैलालीको आयोजनामा धनगढीस्थित फाप्ला खेल मैदानमा सम्पन्न ‘जय नेपाल कप वडा स्तरीय पेनाल्टी सुटआउट प्रतियोगिता’को उपाधि धनगढी उपमहानगरपालिका वडा नं. ३ ले जितेको छ।

प्रतियोगितामा धनगढी वडा नं. ४ द्वितीय र कैलारी गाउँपालिका वडा नं. ६ तृतीय भएका छन्। प्रतियोगितामा प्रथम हुने वडा नं. ३ ले नगद १५ हजार रुपैयाँ, द्वितीय हुने वडा नं. ४ ले १० हजार रुपैयाँ र तृतीय हुने कैलारी वडा नं. ६ ले ५ हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति भीम बडुवालले गरेको थियो भने समापन तथा पुरस्कार वितरण नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रदीप मिश्रले गरेका थिए।

नेपाली कांग्रेस क्षेत्र नं. ५ कैलालीको आयोजनामा भएको प्रतियोगिताको संयोजन नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका वडा नं. ३ ले गरेको थियो। प्रतियोगिता क्षेत्र नं. ५ का सभापति भीम पडालको सभापतित्वमा सम्पन्न भएको हो।

खेलकुदको माध्यमबाट युवाहरूलाई एकताबद्ध गर्दै खेल प्रतिभाको पहिचान, प्रवर्द्धन तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक देवेन्द्र हमाले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.