Dashain Suvakamana

बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ घाइते

Ajai

धनगढी । बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। से ००१ च ४३७६ नम्बरको जीप ब्रेक फेल भएर आज बिहान करिब ८ः४५ बजे दुर्घटनामा परेको हो।

बागथलातर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खोलामा खसेको बताइएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ का गोपाल धामी र पवित्रा धामी रहेका छन्। उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर धामीले जानकारी दिएका छन्।

जीपका चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामी रहेको बताइएको छ। दुर्घटनामा छ जना गम्भीर घाइते भएका छन् भने जीपमा सवार अन्य सात जनाको अवस्था सामान्य रहेको बताइएको छ। घटनाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.