Dashain Suvakamana

एनपीएलकाे उद्घाटन खेलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

Ajai

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताकाे उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन्। 

सो खेल बेलुकी ५ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ । तेस्रो एनपीएलको सिंगल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मंसिर ५ गते उपाधि भिडन्त हुनेछ। प्रतियोगितामा विगतकै आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्न लागेका हुन्।

एनपिएल तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपियाँ पुरस्कार पाउनेछन्। यसै गरी उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपियाँ प्राप्त गर्ने छन्। यो पुरस्कार रकम गत संस्करणको भन्दा धेरै हो। गत संस्करणको विजेता लुम्बिनी लायन्सले एक करोड १० लाख रुपियाँ पाएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.