Dashain Suvakamana

‘एक छाक खान धौधौ हुनेलाई चाडपर्वले रमाउन भन्दा झन् रुवाउँछ’

Ajai

धनगढी । दसैँको रौनकले गाउँदेखि सहरसम्म छोएको छ। बजारमा किनमेल गर्नेहरूको भीड छ, घरघरमा मीठोमसिनो पाकिरहेको छ। तर, धनगढी उपमहानगरपालिका–१ स्थित मनकापुर शिविरमा बस्दै आएकी इन्द्रा दमाईको परिवारका लागि भने दसैँ खुसीभन्दा बढी अभाव र पीडा बनेर आएको छ।

इन्द्राको परिवारमा न पर्याप्त खाद्यान्न छ, न बिरामी हुँदा उपचार गराउने पैसा। परिवारका सदस्यलाई सुरक्षित राख्ने भरपर्दो घरसमेत छैन। अरूका घरमा दसैँको उल्लास छाइरहँदा उनको परिवार भने बिहान–बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्तामा छ। इन्द्रजस्तै सीमित आम्दानीमा परिवार धान्न विवस बिपन्नहरुलाई दशैंले रमाउन भन्दापनि रुवाउने गरेकाे छ ।

धनगढीका तीनवटा घरमा काम गरेर मासिक करिब सात हजार रुपैयाँ कमाउँने स्थानीय जानकी चाैधरीले भनिन् ‘एक छाक खानसमेत धौधौ हुने हामीलाई चाडपर्वले रमाउन भन्दा झन् रुवाउँछ।’ परिवारको अवस्था वर्षौंदेखि उस्तै रहेको उनीहरूको गुनासो छ। चुनावका बेला मत माग्न घरदैलोमा आउने राजनीतिक दलका नेता तथा कार्यकर्ता आफ्नो अवस्था देखेर पनि सहयोगका लागि फर्केर नआएको उनीहरू बताउँछन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.