रामारोशनको विकासकालागि मुख्यमन्त्री भट्टकाे प्रतिबद्धता

धनगढी । अछाममा अवस्तिथ रामारोशनको विकासका लागि सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रतिबद्धता जनाएका छन् । रामाराेशनकाे विकासकालागि साझा पहल, साझा प्रतिबद्धता र साझा संकल्पकाे प्रस्ताव ल्याएर आएकाे पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य झपटबहादुर साउदको नेतृत्वकाे टाेलीसँग मुख्यमन्त्री भट्टले आज यस्ताे प्रतिबद्धता ब्यक्त गरेका हुन् । 

रामारोशन पर्यटन क्षेत्रको पर्यटन पूर्वाधार विकासका लागि विनियोजन गरिएको बजेट तथा कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै रामारोशन क्षेत्रका सरोकारवालाहरूले सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्रीज्यूसँग भेटघाट गरेका थिए। भेटका उनीहरुले रामारोशनजस्तो सुदूरपश्चिमको प्रमुख तथा महत्वपूर्ण पर्यटकीय गन्तव्यको विकासका लागि अघिल्लो सरकारले विनियोजन गरेको बजेट कटौती वा रोक्का नगरी यथावत् कार्यान्वयन गर्न आग्रह गरिएको छ।

पर्यटन पूर्वाधार विकासका कार्यक्रम निरन्तर सञ्चालन भएमा रामारोशनको पर्यटन प्रवर्द्धनसँगै स्थानीय रोजगारी, आयआर्जन तथा समग्र क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विषयमा ध्यानाकर्षण गराइएको थियाे। भेटमा माननीय झपट बहादुर साउद, रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सिर्जना बुढा, नेपाली कांग्रेस नेता अनुराधा स्वर, नेकपा एमाले नेता चक्र रावल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पहल साउद तथा रामारोशन पर्यटन विकास समिति अध्यक्ष गोपी खनालको सहभागिता रहेको थियो।

रामारोशन सबैको साझा सम्पत्ति र साझा पहिचान हो। यसको विकासमा दलगत सीमाभन्दा माथि उठेर साझा चिन्ता, चासो र पहल हुनु अत्यन्त सकारात्मक विषय हो। सबै जुटौँ, साझा पहल गरौँ, रामारोशनलाई माथि उठाऔँ र विकास गरौँ भनेर मुख्यमन्त्री ज्यूँकाे ध्यानाकर्षण गरिएकाे पूर्वमन्त्री साउदले बताए । उनले भने- ‘मुख्यमन्त्रीज्यूले सरोकारवालाहरूको मागप्रति सकारात्मक धारणा व्यक्त गरेकाे र आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.