दार्चुलाकी एक महिलाले जन्माइन् एकै बेतमा तीन बच्चा

धनगढी । दार्चुलाकी एक महिलाले एकै बेतमा तीन बच्चालाई जन्म दिएकी छन्। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बुधवार तिम्ल्याहा बच्चा जन्मिएको सेती अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डाक्टर खगेन्द्रप्रसाद भट्टले बताए।

डाक्टर भट्टका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर र बाल चिकित्सकसहितको टोलीले आमाको सफल शल्यक्रिया गरेर तीन बच्चाको जन्म भएको हो। तीन मध्ये दुई छोरा र एक छोरीको जन्म भएको हाे।

उनका अनुसार दार्चुला जिल्ला घर भएकी ३१ वर्षीय गर्भवती महिलाको यसअघि दुई छोरी छन् भने यो पटक गर्भ बसेको पाँच महिनादेखि सेती अस्पतालमा नियमित गर्भ जाँच गराउँदै आएकी थिइन्। शल्यक्रिया गरेर तीनै जना बच्चाको आठ महिनामा जन्म भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.