विपद् जाेखिम न्यूनिकरबारे अपाङ्गता भएकालाई प्रशिक्षण

धनगढी ।  विपद् जाेखिम न्यूनिकरबारे अपाङ्गता भएकालाई प्रशिक्षण दिइएकाे छ । आज मंगलबार धनगढीमा राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमकाे आयाेजनामा प्रशिक्षणकाे आयाेजना गरेकाे हाे । कार्यक्रममा ‘प्रतिवद्ध’ संस्थाकाे आर्थिक सहयाेग रहेकाे बताइएकाे थियाे ।

यहाँका कैलाली कञ्चनपुरमा कृयाशिल २५ भन्दाबढी अपाङ्गता अधिकारकर्मी तथा संस्थागत नेतृत्वकर्मिलाई विपद् जाेखिम न्यूनिकरण तथा ब्यवस्थापनमा अपाङ्गता भएका ब्यक्तिहरुकालागि चुनाैंति र अवसरबारे प्रशिक्षण दिइएकाे हाे । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद धमलाकाे अध्यक्षतामा आयाेजित प्रशिक्षणमा राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका निवर्तमान अध्यक्ष मानबहादुर साउद,  प्रतिवद्ध संस्थाका नविन भण्डारी, उधाेग पर्यटन बन तथा बतावरण मन्त्रालयका उपसचिब जयान्ती गिरी र प्रदेश ब्यवस्थापक प्रीया खडकाले अपाङ्गताकाे अवस्था र सरकारी निती नियममा रहेका ब्यवस्थाबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रमकाे उद्घटान पश्चात प्रशिक्षणपछि समापनमा प्रदेश नीति तथा याेजना आयाेगका सदस्य नृप सुनारले विकास भनेकाे भवन, सडक, बिजुलीबत्ती बनाउनु मात्र नभएर समृद्ध समाज निर्माणमा समावेशी र दिगाे सामाजिक बिकास रहेकाे बताए । उनले यसमा सबैकाे अर्थपुर्ण पहुँच आवश्यक रहेकाले आफ्नाेतर्फबाट सक्दाे पहल गर्ने आश्वासन समेत दिए । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.